साग स्वर्ण विजेता श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

साग स्वर्ण विजेता श्रेष्ठलाई उप निर्देशकको जिम्मेवारी

कपन अनलाइन
काठमाडौं,माघ १२ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कराते मुख्य सहायक प्रशिक्षक दीपक श्रेष्ठलाई राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी दिएको छ। यसअघि श्रेष्ठ तालिम तथा प्रशिक्षण विभागमा थिए ।
करातेका सफल खेलाडी मध्येका एक श्रेष्ठ आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (अहिले दक्षिण एसियाली खेलकुद) का स्वर्ण विजेता हुन् । श्रेष्ठसंग लामो समय करातेको राष्ट्रिय टिम तयारीको प्रशिक्षकका रुपमा काम गरेको अनुभव छ । श्रेष्ठ खेलाडीहरुको छाता संगठन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष पनि हुन् ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार श्रेष्ठलाई पत्र हस्तान्तरण गर्दै भने– ‘तपाईं एक सफल खेलाडी । राष्ट्रिय टिम तयारीमा तपाईंको भूमिका र योगदान रहन्छ भन्ने विश्वाससाथ राष्ट्रिय टिम तयारीको उप–निर्देशकको जिम्मेवारी सुम्पिएको हो ।

तपाइँको प्रतिक्रिया ।