स्क्रावल काठमाण्डौको जिम्मेवारी पुनः बुद्ध गौतमलाई

स्क्रावल काठमाण्डौको जिम्मेवारी पुनः बुद्ध गौतमलाई

कपन अनलाइन
काठमाडौं,माघ ११।

स्क्रावल काठमाण्डौको जिम्मेवारी पुनः बुद्ध गौतम लाई दिइएको छ । स्क्रावल क्लबको केन्द्रीय समितिको निर्णय अनुसार गौतमलाई काठमाण्डौको अध्यक्ष बनाइएको केन्द्रीय अध्यक्ष केशवप्रसाद पराजुलीले जनाएका छन् । गत माघ ४,५,६ गते काठमाडौँ मा आयोजित चौथो स्क्राबल अन्तर्राष्ट्रिय च्याम्पियनसिप गौतमको नेतृत्वमा सफलतापूर्वक भएको थियो । गौतमले केन्द्रीय समितिमा स्यमसेबक परिचालन संयोजक को जिम्मेवारी पाएका छन्। गौतम केन्द्रीय समितिमा गएपछि काठमाण्डौ क्लबको नेतृत्व कसले गर्ने भन्ने थियो तर केन्द्रीय समितिको निर्णअनुसार गौतमलाई नै काठमाण्डौ को जिम्मेवारी दिइयो अध्यक्ष पराजुलीले बताए।

स्क्रावल काठमाडौँलाई केन्दीय समितिको संरचनाअनुसार नै विस्तार गरेर यसलाई प्रभावकारी रूपले आफूले विस्तार गर्ने गौतमले बताए । अन्य पदाधिकारी को टुंगो भने पछि हुने काठमाडौं क्लबको बैठकबाट टुंगो लाग्ने समेत गौतमले स्पष्ट पारेका छ । उपाध्यक्ष, कोषाध्क्ष, सचिवलगायतको टुंगो आगामी बैठक बाट लाग्ने छ । नेपालमा आयोजना गरिएको चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिताबाटबाट स्क्राबल के हो भन्ने चासो सबैमा बढेकोले यसलाई सबै सामु लैजान अवश्य रहेको केन्द्रीय कोषाध्यक्ष पूर्ण बहादुर राना बताउँछन् । काठमाडौका विद्यालयलाई स्क्राबल क्लबको सदस्य बनाई सबै स्कुल मा यसको पहुँच पुर्याउने काठमाडौंका अध्यक्ष गौतमले बताए । अब सदस्यता लिएका विद्यालयमा मात्र स्क्राबल खेल सिकाउने छौं उनले थपे । स्क्राबल क्लबले विभिन्न जिल्लामा आफ्ना संयोजक तोकेको छ । देशका करिब ४० जिल्लामा स्क्राबल खेल पुगेको केन्द्रीय उपाध्यक्ष ध्रुव थापाले जानकारी दिए ।

खेलकुद विकास समितिमा विधिवत् दर्ता भई कार्यसम्पादन गर्दै आएको स्क्राबल क्लबका सल्लाहकारहरुमा क्रमशः श्री हिमबहादुर पौडेल क्षेत्री, श्री हिरालाल अर्याल, श्री ओमप्रकाश गुरुङ र श्री प्रमोदकुमार साह, श्री मोहन कुमार कार्की रहनुभएको छ भने कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष केशवप्रसाद पराजुली, उपाध्यक्ष ध्रुव थापा, महासचिव रामचन्द्र कार्की, सचिव शर्मिला पौडेल, कोषाध्यक्ष पूर्णबहादुर राना मगर, सहकोषाध्यक्ष नविन पन्त व्यवस्थापन संयोजक अमर कुँवर, जनसम्पर्क संयोजक भावना थापा, तालिम संयोजक भोजराज सुवेदी, प्रविधि संयोजक अर्जुन पाण्डे तथा स्वयमसेवक परिचालन संयोजक बुद्ध गौतम छन् ।

तपाइँको प्रतिक्रिया ।