बुढानिलकण्ठ-४ बाट विष्णुमति कोरिडोर निर्माण सुरु,वडा अध्यक्ष आफै डोजरमा चढेर सक्रिय …..

बुढानिलकण्ठ-४ बाट विष्णुमति कोरिडोर निर्माण सुरु,वडा अध्यक्ष आफै डोजरमा चढेर सक्रिय …..

कपन अनलाइन
काठमाडौं,माघ ११।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ बाट लामो समयदेखि रोकिएको विष्णुमति कोरिडोर निर्माण सुरु भएको छ। काठमाण्डौ उपत्यकाका मुख्य नदीहरुमा कोरिडोर निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा रोकिएको विष्णुमति कोरिडोरको माथिल्लो भेगमा वडा नं ४ ले निर्माणको काम थालेको हो।

माघ ११ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीराम केसीले विष्णुमति माथिल्लो पुलबाट कोरिडोर निर्माणको काम सुरु गरेका छन। वडा सदस्य पवन कार्की सहित कोरिडोर निर्माण स्थलमा पुगेका अध्यक्ष केसीले वडा स्तरीय बजेटबाट  कोरिडोर निर्माण शुरु गरिएको जानकारी दिएका छन।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको कोरिडोर खण्डलाई दुवै तर्फ १० मिटर सडक र २ मिटर फुटपाथ निर्माण हुने बताउदै अध्यक्ष केसीले यसका लागि सम्बन्धित सबै निकायमा समन्वय गर्ने जानकारी दिएका छन।

सो कोरिडोर निर्माणले बुढानिलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका धेरै वडाहरु लाभान्वित हुने भएकोले सो कोरिडोर निर्माण आवस्यक रहेको भन्दै अध्यक्ष केसीले सहयोगका लागि सरोकारवाला वडावासीहरुलाई अनुरोध गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।