गण्डकी प्रदेश अटोमोवाइल्स एसोसिएसन स्थापना

गण्डकी प्रदेश अटोमोवाइल्स एसोसिएसन स्थापना

कपन अनलाइन

काठमाण्डौ ,माघ १० ।

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा नेपाल) मोटर, मोटरसाइकल, काटर्स तथा पावर बोटिङ्ग सम्बन्धि स्पोर्ट, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम र सेफर मोबिलिटीसंग सम्बन्धित खेलाडी, प्राविधिक, अफिसियल, प्रमोटर तथा सुभचिन्तकहरुको राष्टिय संघ हो ।  माघ ८ गते यस एसोसिएसनको सतौँ प्रदेश संघको रुपमा गण्डकी प्रदेश अटोमोवाइल्स एसोसिएसन स्थापना भएको छ ।
शिव श्रेष्ठको अध्यक्षतामा गठित गण्डकी प्रदेश अटोमोवाइल्स एसोसिएसनमा ११ सदस्यिय तदर्थ समिति तथा चार सल्लाहकार समेत चयन गरिएको छ ।जसको उपाध्यक्षमा डिल्लीराज सुवेदी, खिमबहादुर ढकाल र दिप्रेन्द कोईराला, सचिवमा कपिल किरणश्रेष्ठ, कोषाध्यक्षमा सुरज श्रेष्ठ र सदस्यमा ओस्कार श्रेष्ठ,आशिक लालचन, रविनाश्रेष्ठ, दुर्गा गुरुङ रप्रिन्स श्रेष्ठ रहेका छन  ।
गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा लगायतको आतिथ्यमा भएको सो भेलामा अतिथिहरुल आफ्नो मन्तव्य राख्दै संघले अनुशासनमा रही खेलको मर्यादा र देशको नाम राख्ने र खेलकुदको माध्यमबाट गण्डकी प्रदेशको पर्यटनमा टेवा पुर्याउने  आशा राख्दैनयाँ समितिलाई बधाई दिएका थिए ।
त्यस्तै नवगठितसंघले डा.धुर्व  थापा प्रमुख सल्लाहकार तथा सल्लाहकारहरुमा भरतराज पराजुलि र नारायण प्रसाद शर्माका साथै मिडिया सल्लाहकारमा रामकृष्ण ज्ञवालीलाई चयन गरेको छ भने यस वर्ष तीनवटाकार्यक्रम समेत घोषणा गरेको छ । संघले गण्डकीप्रदेश खेलकुल परिषदबाट माघ ९ गते आवद्धता प्राप्त गरेको छ ।
कार्यक्रम पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक गोदार,केन्द्रिय उपाध्यक्ष अनिलकुमार बराल, सचिव विनोद तन्डुकार तथा कार्यकारी निर्देशक तथा  वर्ल्ड  काउन्सिल सदस्य गोविन्द भट्टराई लगायत खेलकुदकर्मी,क्लवहरु, समाजसेवीहरु तथा शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।

 

तपाइँको प्रतिक्रिया ।