व्यवस्था : सत्या अधिकारी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,पुस २८।
‘राजा आऊ, देश बचाऊ ! गणतन्त्र मुर्दावाद ! राजतन्त्र जिन्दावाद ।’
सडक नाराले तातेको थियो । आन्दोलनले उग्र बन्दै थियो । देशप्रेमका गीतहरु बज्दै थिए । नेतृत्व पक्ष अवीर र मालाको भारी बोक्दै थिए । जनसागरलाई सम्बोधन गर्दै नाइके कुर्लन्थे, ‘महिला तथा सज्जनवृन्द ! आज म यो सभा तपाईँ जस्ता भूईँ मान्छेको न्यायको लागि गर्दै छु । यो व्यवस्थाले हाम्रो अवस्था परिवर्तन गर्दैन’ तालीको आवाज पर्रर आउथ्यो । आफ्नो बैंकको ऋण मिनाहा हुने आश्वासनले कार्यकर्ता जुटेका थिए । दिनभरि अपार भिँडले क्रान्तिकारी परिवर्तनको आह्वान गथ्र्याे । बेलुका हुँदै गएपछि बिस्तारै सेलाउथ्यो ।
आन्दोलनकारीहरूको जोश र फुर्ति देख्दा लाग्थ्यो, ‘जनताले ल्याएको गणतन्त्र जनताले नै फाल्ने भए । ’
झमक्क सांँझ परेको थियो । म तरकारी किन्न पसल जाँदै थिएँ । छेउको भट्टि पसलबाट आवाज आयो, ‘मेरो पावर देख्नु भयो त ? आन्दोलन सफल पारेर खरबौँको ऋण मिनाहा गराउने हो ।’
सबै गलल्ल हाँसे । चियर्स भने ।
उनी बक्दै थिए, ‘ऋण त मिनाहा होस् न ! राजा आउन त पृथ्वी फर्किनु पर्छ ।’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।