नेकपा एमाले बुढानिलकण्ठ -६ को अध्यक्षमा प्रशान्त डंगोल, को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले बुढानिलकण्ठ -६ को अध्यक्षमा प्रशान्त डंगोल, को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २७।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं  ६ को अध्यक्षमा प्रशान्त डंगोल भएका छन। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको पान चोक सामुदायिक भवनमा भएको अधिवेसनबाट डंगोल अध्यक्षमा निर्वाचित भएका हुन्।

सो अधिवेसनबाट  नेकपा एमाले वडा नं ६ कमिटीको उपाध्यक्षमा राज कुमार श्रेष्ठ निर्वाचित भएका छन भने सचिवमा मुना महर्जन चयन भएकी छन।

कमिटीको उप सचिवमा बसन्त तामाङ र रन्जु कार्कीलाई चयन गरेको सो अधिवेसनबाट सदस्यहरुमा रामभक्त श्रेष्ठ ,कुबेर प्रसाद निरौला ,लक्ष्मण महर्जन ,रिकेश महर्जन ,माधव खड्का ,राममाया केसी ,चिना देवी खत्री ,रेणु खड्का ,सजनी डंगोल र चतुरे नगरकोटी निर्वाचित भएका छन।

नवनिर्वाचित कमिटीको सपथ ग्रहण तथा घोषणा सभा वडा नं ६ मा रहेको पासी कोट पार्कमा आज २.३० बजे नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ।

 

तपाइँको प्रतिक्रिया ।