बाल उद्दार नमुना मावीको अध्यक्षमा धुर्व प्रसाद घिमिरे, को को बने सदस्य ?

बाल उद्दार नमुना मावीको अध्यक्षमा धुर्व प्रसाद घिमिरे, को को बने सदस्य ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बाल उद्दार नमुना मावीको व्यवस्थापन समिती अध्यक्षमा धुर्व प्रसाद घिमिरे चयन भएका छन। विद्यालय व्यवस्थापन समितीको आज बसेको बैठकले घिमिरेलाई अध्यक्ष चयन गरेको हो।

अभिभावक भेलाबाट सदस्यमा चयन भएका घिमिरे संगै व्यवस्थापन समिती सदस्यमा पवित्रा राना,डा.भगवान अर्याल , सुबिन चालिसे र मिरा रेग्मी चयन भएका छन भने जनप्रतिनिधिकाका तर्फबाट दिल कुमारी बिक सदस्य बनेकी छन।

सो विद्यालय व्यवस्थापन समितीको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक बिनोद पण्डित रहेका छन भने शिक्षक प्रतिनिधि चयन हुन् बाकि रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।