नेकपा एमाले बुढानिलकण्ठ-७ को अध्यक्षमा विश्व निरौला,को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले बुढानिलकण्ठ-७ को अध्यक्षमा विश्व निरौला,को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ,पुस २७।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं  ७ को अध्यक्षमा विश्व निरौला निर्वाचित भएका छन।बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको पान चोक सामुदायिक भवनमा भएको अधिवेसनबाट निरौला  अध्यक्षमा निर्वाचित भएका हुन्।

सो अधिवेसनबाट  नेकपा एमाले वडा नं ७ कमिटीको उपाध्यक्षमा मान बहादुर गिरि र सचिवमा गंगा लाल महर्जन निर्वाचित भएका छन।

कमिटीको उपसचिवमा कृष्ण बस्याल र प्रमिला महर्जन निर्वाचित भएको सो अधिवेसनबाट सदस्यमा बुद्धिमान श्रेष्ठ ,हुकुम सिंह राई ,कविन्द्र गुरुङ ,बैकुण्ठ गुरागाई ,आयुष प्रकाश श्रेष्ठ ,राम महर्जन ,अनिता मिझार ,दिनेश नगरकोटी ,बिबेक महर्जन र नानु थिङ्ग निर्वाचित भएका छन ।

नवनिर्वाचित कमिटीको सपथ ग्रहण तथा घोषणा सभा वडा नं ६ मा रहेको पासी कोट पार्कमा आज २.३० बजे नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा हुनेछ।

 

तपाइँको प्रतिक्रिया ।