रास्ट्रीय युवा संघ काठमाण्डौ क्षेत्र नं ४ को संयोजकमा सुजन गिरी

रास्ट्रीय युवा संघ काठमाण्डौ क्षेत्र नं ४ को संयोजकमा सुजन गिरी

कपन अनलाइन

काठमाण्डौ ,पुस २४।

नेकपा एमाले निकट रास्ट्रीय युवा संघ नेपाल काठमाण्डौ क्षेत्र नं ४ मा संयोजकको जिम्मेवारी सुजन गिरीलाई प्रदान गरिएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ का गिरीलाई काठमाण्डौ जिल्ला कमिटीको बैठकले संयोजकको जिम्मेवारी प्रदान गरेको हो।

रास्ट्रीय युवा संघ नेपाल काठमाण्डौ जिल्ला कमिटी सचिवलाय सदस्य रहेका गिरी नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १ कमिटीको कार्यालय सचिव समेत रहेका छन।

काठमाण्डौ महानगरपालिकाका ४ र बुढानिलकण्ठ नगरपालिकाका ८ वडा रहेको काठमाण्डौ क्षेत्र नं ४ मा गिरीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको जिल्ला कमिटीको बैठकले ११ पालिका र १० क्षेत्रमा इन्चार्ज तथा सह इन्चार्ज  र संयोजक तोकेको छ।

तपाइँको प्रतिक्रिया ।