छोराको हत्या अभियोगमा बाबु पक्राउ

छोराको हत्या अभियोगमा बाबु पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,पुस २४ ।

आफ्नै छोरा १९ वर्षीय जीवन राईको हत्या गरेको अभियोगमा इलाम, माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइँको प्रतिक्रिया ।