नेकपा एमाले बुढानिलकण्ठ -२ को अधिवेसन पुस १५ गते हुने , को बन्ला अध्यक्ष ?

नेकपा एमाले बुढानिलकण्ठ -२ को अधिवेसन पुस १५ गते हुने , को बन्ला अध्यक्ष ?

कपन अनलाइन

काठमाण्डौ,पुस १३।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं २ कमिटीको अधिवेसन पुस १५ गते आइतवार हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका  वडा नं २ को ड्रिम गार्डेन रेस्टुरेन्टमा पुस १५ गते बिहान ७.३० बजे देखि शुरु हुने सो दोश्रो अधिवेसनले वडा कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ।

अधिवेसन आउन केहि दिनको समय बाकि रहेको अवस्थामा वडा नं २ को कमिटीमा नेतृत्व चयनको मुद्दाले पनि प्रवेस पाएको छ भने विभिन्न नेताहरुले नेतृत्वको दौडधुप पनि शुरु गरेका छन।

उक्त दोश्रो वडा अधिवेसनमा सहभागिताका लागि सम्पूर्ण नेता ,कार्यकर्ता तथा समर्थक र शुभचिन्तकहरुमा आयोजकले अनुरोध समेत गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।