बुढानीलकण्ठमा “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” को तयारी पुरा,भोलि देखि शुरु हुने
कपन अनलाइन
काठमाण्डौ,पुस १२ ।
बुढानीलकण्ठ नगरपालिकामा पौष १४ गतेदेखि नगरपालिका स्तरीय “चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८०” संचालन हुन लागेको छ। प्रतियाेगितामा नगरपालिका स्थित १२ वटा सामुदायिक र २८ वटा संस्थागत गरि ४० वटा माद्यमिक विद्यालयहरू सहभागी हुनेछन् ।
पुस १२ गते भएको आयोजक समितिको वैठक मार्फत प्रतियाेगिताकाे पूर्ण रुपमा तयारी भईसकेको र पौष १४ गते बिहान ८ बजेबाट सबै खेलहरु क्रमश सञ्चालन हुने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाले जानकारी गराएको छ । आयोजकका अनुसार खेलहरु पौष १४, पौष १६ र पौष १७ गते संचालन हुनेछन् ।
जसअन्तर्गत १४९३ जना विद्यार्थीहरुले खेलहरुमा प्रत्यक्ष सहभागिता जनाउने नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख ललित विक्रम सिंहले जानकारी दिनुभयो । सबै प्रकारका खेलहरु वडा नं ०५ स्थित बुढानीलकण्ठ स्कुल खेल मैदानमा सञ्चालन हुनेछन् ।
प्रतियोगिताबाट छानिएका उत्कृष्ठ विद्यालयहरु मध्य सबै खेलहरुको मुल्याङ्कन अनुसार प्रथम हुने विद्यालयलाई ५० हजार जगद सहित शिल्ड र प्रमाणपत्र पुरस्कार दिईने छ । यस्तै चौथो लाई ३० हजार र तेस्रोलाई २० हजार नगद सहित ट्रफि र प्रमाण पत्र वितरण गरिने छ ।
साथै समावेश भएका हरेक खेल पश्चात उक्त खेलमा प्रथम, चौथो र तेस्रो हुनेलाई सोहि स्थानमै मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने भएकोले विद्यार्थिका अभिभावकहरु र नगरपालिकामा बसोबास गर्नुहुने सबैलाई खेलहरु अवलोकन गर्न आउनुहुन आयोजकले निमन्त्रणा गरेको छ ।