दोश्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा बोधीसदन टिम च्याम्पियन

दोश्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा बोधीसदन टिम च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ,पुस ९।
बोधीसदन दोश्रो रिभेरा तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । रिभेरा इन्टरनेसनल एकेडेमीद्वारा आयोजित प्रतियोगितामा बोधीसदनले ३ स्वर्ण, १ रजत र ५ कांस्य जित्यो ।
अरुणिमा ३ स्वर्ण, १ रजत र २ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको गणेशले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो ।
चावहिलको मैजुबहालस्थित आयोजको हातामा भएको प्रतियोगिताको पुरुषमा बोधीसदनका रोशन खड्का तथा महिलामा कन्स्टिलेसनकी सारा तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई प्रदेश सांसद् श्रीराम लामिछाने, रिभेराका अध्यक्ष नरेन्द्र भट्टराई, रिभेराका प्रिन्सिपल प्रज्ज्वल कोइराला, रिभेरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा १९ टिमका २ सय १५ खेलाडीले ग्योरोगीमा २० तथा पुम्सेमा ८ गरी जम्मा २८ स्वर्णका लागि प्रतिस्पर्धा गरेको रिभेराका तेक्वान्दो प्रशिक्षक अजय तामाङले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।