यही कामना : ललिता ‘दोषी’ (कविता )

यही कामना : ललिता ‘दोषी’ (कविता )

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर ३०।

दिनदिनै शिखर चढ्दै
चढ्दै जानू कपन बानेश्वर तिमी
बेली, चमेली, बास्मतीझैँ
सुगन्ध छर्दैजानू तिमी

चालेछौ ५०० औँ पाइला
लाखौँचाल्नु तिमी
जन्मायौ थुप्रै सर्जक
अझै जन्माउनू तिमी

बनेका छौ सबको प्रिय
यस्तै प्रियबन्नू तिमी
यही कामना तिमीलाई
यस्तै अमृत छर्नु तिमी ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।