तिम्रो आसु पुछ्न म नै आउनेछु मित्र : राधेश्याम लेकाली (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मंगसिर ३०।
कुनै पनि षडयन्त्र
लामो समय टिक्दैन
कुनै पनिजालजेल
सफल हुन्छ भन्ने हुँदैन
स्वार्थको चलखेल
धरासायीभएको दिन
तिमीले आफूलाई
एक्लो महसुस गरेर
आसु खसालेको दिन
तिम्रो आसु पुछ्न
म नै आउनेछु मित्र !
यतिबेला स्वार्थको डबली
मिलेर बजाउ
रमिते बनेर
पाखुरी बजाउ
हुटिङ गरेर र स्वर मच्चाउ
जोरजोरले कराउ
मलाई पुरै सिध्याउन
बल प्रयोग गरेर
आत्माहल्लिने गरेर
प्रहार गर
तर, तिमी
पानीमरुवा सावित भएपछि
तिमीले आफूलाई
एक्लो महसुस गरेर
आसु खसालेको दिन
तिम्रो आसु पुछन
म नै आउनेछु मित्र !
निहित स्वार्थले अभिप्रेरित
उक्साउनेले उचालेपछि
यतिबेलातिमी
तीनबित्ताउफ्रेका छौ
रमितेको इसारामा तिमीले
बेहोसीका साथ मुठ्ठी बजारेका छौ
मदारीले बजाएको बाजामा
तिमीबादर जस्तै भएर
मस्त नाचेका छौ
तर, स्वार्थले जोडिएको सम्बन्ध
स्वार्थ कै कारण टुटेको दिन
तिमी एक्लो र निरास भएको बेला
तिमीले आफूलाई
एक्लो महसुस गरेर
आसु खसालेको दिन
तिम्रो आसु पुछन
म नै आउनेछु मित्र !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक