पार्क भिलेज कर प्रकरण : होटलको टोली बुढानिलकण्ठ नगरपालिकामा …….

पार्क भिलेज कर प्रकरण : होटलको टोली बुढानिलकण्ठ नगरपालिकामा …….

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २७।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ र ५ मा संचालित पार्क भिलेज होटलले  नगरपालिकालाई बुझाउनु पर्ने कर नतिरेको प्रसंग चर्चामा आए संगै होटलको टोलीले नगरपालिकामा सम्पर्क गरेको छ।

नगरपालिका स्थापना काल देखि नै कुनै पनि कर स्थानीय तहलाई नबुझाएको पार्क भिलेज होटललाई आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले सम्पर्क गरेपनि संघीय सरकारलाई तिरेको भन्दै  कर तिर्ने तदारुकता नदेखाएको होटलले  केहि महिना अगाडी नगरपालिकामा पत्राचार गर्दै करको विवरण माग गरेको थियो।

बुढानिलकण्ठ नगरपालिकाको ठुलो व्यवसायिक संस्थाका रुपमा रहेको पार्क भिलेज होटलले करोडौ रुपैया कर नगरपालिकालाई बुझाउनु पर्ने अवस्था देखिए संगै यो विषयमा वडा कार्यालय र नगरपालिकाको पनि विशेष ध्यानाकर्षण भएको श्रोतले जानकारी दिएको छ।

होटलले पत्राचार गरेको लामो समयसम्म पनि यस विषयमा नगरपालिकाले ठोस निर्णय गर्न नसकेपछि होटलको टोलीले थप प्रकृया अगाडी बढाउनका लागि ताकेता गरेको बुझिएको छ भने कर संगै अन्य विषयहरु पनि जोडिएर आउने देखिएपछि नगरपालिकाले अध्ययन गरिरहेको श्रोतले जानकारी दिएको छ।

कर बाहेक पार्क भिलेज होटलका अन्य कुन कुन विषयहरुमा अध्ययन गरिरहेको भन्ने नगरपालिकाले स्पस्ट बताएको छैन भने होटलको पत्राचारका वारेमा राजस्व शाखामा कपन अनलाइनले सम्पर्क गर्दा राजस्व अधिकृत संजय ढुंगानाले फाइल नगर प्रमुखको सचिवालयमा रहेको बताएका थिए। तर नगर प्रमुख स्वकीय सचिव रविन्द्र अधिकारीले सो होटल सम्बन्धि  कुनै पनि फाइल नआएको तर मौखिक कुराकानी भने भएको कपन अनलाइनलाई बताएका छन।

कर संगै अन्य प्रक्रियागत विषयहरुमा पनि प्रश्न उठिरहेको समयमा नगरपालिकाका ठुला ठुला कार्यक्रम सोहि होटलमा संचालन हुनु झन् विचारणीय र रहस्यमय रहेको चर्चा पनि नगरपालिकाको राजनीतिक वृतमा चर्चा चलेको छ।

 

 

तपाइँको प्रतिक्रिया ।