लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालक नियन्त्रणमा

लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालक नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।

ट्राफिक प्रहरीले लागु पदार्थ सेवन (लापसे) गरी गाडी चलाउने सात जना चालकलाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

बा ४ ख ५५ १५ नम्बरका बस चालक  धादिङको निलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना ८ ख ८४ ९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग १ ख २५ ३१ नम्बरका हाइस चालक चितवन घर भएका  ३७ वर्षीय डिल्ली राम काफ्ले र ग १ ज ८० ९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

त्यस्तै प्रदेश १-०२- ००१ ख ९३ ८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रविण स्याङ्तान, बागमती प्रदेश ०१-०२६ च ८९ ८४ नम्बरका पिकअप चालक सिन्धुलीको तिनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई(परियार) र बागमती प्रदेश ०१-०२५ च ७९७ नम्बरका पिकअप चालक उदयपुरको  कटारी नगरपालिका ९ का २४ वर्षीय राम कुमार खत्रीलाई पनि लापसे गरी सवारी साधन चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन ।

तपाइँको प्रतिक्रिया ।