जन्मथलो र कर्मथलो जोड्ने प्रयास : चम्पादेवी बहूदेस्यीय सहकारीको तेश्रो साधारण सभा सम्पन्न

जन्मथलो  र कर्मथलो जोड्ने प्रयास : चम्पादेवी बहूदेस्यीय सहकारीको तेश्रो साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर २४।

चम्पादेवी बहूदेस्यीय सहकारी संस्था लिमिटेड बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को तेश्रो साधारण सभा सम्पन्न भएको छ।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाबाट काठमाण्डौमा आएर बसोवास गरेका  ओखलढुंगावासीहरुको पहलमा स्थापना भएको उक्त सहकारीले शंखरापुरको सलम्बूटारमा भएको बनभोज सहितको  साधारण सभामा विभिन्न प्रतिवेदनहरु पनि पारित गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका सहकारी शाखाका प्रमुख अच्युत खड्काको प्रमुख आतिथ्यतामा भएको सो साधारण सभामा संस्थाका अध्यक्ष रुद्र पुडासैनी र कोषाध्यक्ष काजी थोपाले प्रतिवेदन प्रस्तुत गरेका थिए।

चम्पादेवी गाउँ पालिका वडा नं ९ का अध्यक्ष तथा प्रवक्ता सुजन पौडेल,बुढानिलकण्ठ नगरपालिका वडा नं १२ की सदस्य तथा सामाजिक विकास समिती संयोजक शान्ता ढकाल पुडासैनी , वडा नं १२ की सदस्य मीना बयलकोटी,समाजसेवी दुर्गा बहादुर खत्री (काजी केसी ) लगायतको उपस्थितिमा भएको सो साधारण सभामा लोक दोहोरी प्रतिष्ठान ओखलढुंगाका कलाकारहरुले सांगीतिक प्रस्तुति राखेका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।