१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु

कपन अनलाइन

काठमाण्डौ,मंगसिर २२।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) को आयोजनामा १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा विद्यार्थीहरुको मार्च पास्ट कम्पिटिसन समेत भएको थियो । मार्च पास्टमा विद्या विकास स्कुल प्रथम, शिक्षालय नेपाल द्वितीय, हाइली क्रिएटिभ स्कुल तृतीय र गोल्डेन बड स्कुल चौथो भए ।
बिहीबार भएको एक मात्र खेलमा डिफेन्डिङ च्याम्पियन ओरियन्टलले विजयी सुरुआत गरेको छ । ओरियन्टलले कौस्तुभलाई ३–१ गोल अन्तरले पराजित ग¥यो । ओरियण्टलका उमेश अछामीले, प्रज्ज्वल भुजेल र मनोज रामले गोल गरे । कौस्तुभका रिदम श्रेष्ठले सान्त्वना गोल गरे । ओरियन्टलका प्रज्वल भुजेल ‘म्यान अफ द म्याच’ भए ।
नकआउट प्रतियोगितामा २४ टिमको सहभागिता रहेको फेकाका सह–सचिव एवं कार्यक्रम संयोजक राजु दाहालले जनाएका छन् । शीर्ष चार स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

तपाइँको प्रतिक्रिया ।