शुभ प्रभात नेपालको बृहत रक्तदान कार्यक्रम सम्पन्न

शुभ प्रभात नेपालको बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाण्डौ,मङ्सिर १७।

शुभ प्रभात नेपालको आयोजनामा  काठमाडौंको सुकेधारामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न  भएको छ।
” स्वस्थ जीवनको आधार : विहानी यात्रा  नै पूर्वाधार “भन्ने मुल मान्यतामा आस्था राख्दै समाज सेवा,परसेवा र मानव मात्रको कल्याणको परिकल्पनासहित विविध कार्यक्रम गर्दैआएको सो सस्थाले विगत  तेह्र वर्षदेखि एउटा स्थानमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रामजी प्रसाद थपलियाको संयोजनमा आयोजित उक्त  रक्तदान कार्यक्रममा ७५ जना रक्तदाता महानुभावहरुले रगतको दान गरेका थिए । बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख  आतिथ्यमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा बुढानीलकन्ठ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष नवराज भट्टराई , १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई , समाजसेवी लक्ष्मी सङ्ग्रौला , रामप्रसाद लुइँटेल , कुमार खरेल , शम्भु पौडेल , गोविन्द कट्वाल ,देवी रेग्मी ,चन्द्रमान श्रेष्ठ लगायतको उपस्थिति रहेको  थियो ।
रक्तदाताहरुलाई प्रमाणपत्र , सस्थाको लोगोअङ्ककीत टोपी र खाजाको समेत राम्रो ब्यवस्था गरिएको उक्त  कार्यक्रमको सभापतित्त्व  अध्यक्ष गणेशकुमार मिश्रले गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न  योगदान दिने सवै महानुभावप्रति धन्यवाद ज्ञापन गर्दै  आगामी दिनमा एकताको भावनासहित समाज र नागरिकहरुको सेवामा लाग्ने अध्यक्ष मिश्रले  विश्वास  व्यक्त गरेका छन ।
तपाइँको प्रतिक्रिया ।