यात्रा : त्रिलोचन आचार्य (कविता )

यात्रा : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
१. चक्काझैँ जिन्दगी गुड्छ पायो गुड्न भने कतै
चङ्गाझैँ जिन्दगी उढ्छ पायो उढ्न भने कतै
विपना भित्र भेटिन्छन् अनेकौँ सपनाहरू
स्मृतिभित्र समेटिन्छन् अनेकौँ विपनाहरू ।
२.  आएपुर्खाहरू गर्दै यात्राजीवनको अघि
यो ब्रमाण्ड स्वयं यात्रागर्दै छ लयमा बगी
यात्राको थालनीगर्दै बिहानी घाम आउँछन्
यात्राको सोच बोकेर अनेकौँ याम आउँछन् ।
३. कोपिला नवयात्राको भावमा छुन्मुनाउँछन्
पालुवानव यात्राकै आशमा गुन्गुनाउँछन्
नयाँयात्रा सधैँ गर्दै नभमा उड्दछन् चरी
गर्दैनन् जसले यात्रा सकिन्छन् ती कठैवरी ।
४. स्वयं यो मन यात्रामा विश्व घुम्छ पलापला
कैले समुद्रमा डुब्छ कैले चढ्दछ श्रृङ्खला
नगरे मनले यात्रा शरीर हुन्न हल्चल
नगरे तनले यात्रा चल्दैन मनको बल ।
५. जन्महो एउटा यात्रा अर्को यात्रा छ मृत्यु त्यो
बढ्नुछ फेरि यात्रामा युवा वृध्द समस्त हो
पढ्नु हो अनियात्रा नै रोकिन्न त्यो कसैगरी
यात्राहो जिन्दगानी यो सकिन्न नझरी मरी ।
६. गाउँ छाडेर यो यात्रा गर्छ शहरको कुनै
छोडी शहर यो गाउँ चल्छ रहरको कुनै
यात्रामा घाम चर्केला पानी पर्ला मजासँग
उकाली अनि ओराली भेटिने छन् अनेकन ।
७. हरेक दिनको यात्रा पुगेर रात अड्दछ
हरेक जन्मको यात्रा चिताको पुल तर्दछ
रोकिँदैन कुनै यात्रा गन्तव्य नचुमीकन
जसरी मन अड्दैन संसार नघुमीकन ।
८. आँखाले नवयात्रामा नयाँ दृश्य सजाउँछ
मनले नवयात्रामा नयाँ भाव बनाउँछ
नदेखेतक यात्रामा जिज्ञासा सय आउँछन्
देखेपछि नयाँ भाव आई बास बनाँउँछन् ।
सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।