पूर्व युवराज पारस अस्वस्थ

काठमाडौँ, ११ साउन । पूर्व युवराज पारस शाहको मुटुको गतिमा केही अनियमितता देखिएपछि उक्त गतिलाई नियमित गर्न आइसिडी (इम्प्लान्टेवल कार्डियोभर्टर डेफिब्रिलेटर) जडान गरिएको छ ।

हिजो अपरान्ह नर्भिक अस्पतालमा भर्ना हुनुभएका शाहको साँझ सफलतापूर्वक आइसिडी जडान सम्पन्न भएको अस्पतालले जनाएको छ ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा भारत रावत र डा सुजीव राजभण्डारीको टोलीले शल्यक्रिया गरी जडान गरेको अस्पतालका सञ्चार संयोजक आरपी मैनालीले जानकारी दिनुभयो ।

त्रिचालिस वर्षीय पूर्व युवराज शाह हाल नर्भिककै सिसियुमा उपचार गरिरहनुभएको अस्पतालले जनाएको छ ।

पूर्वयुवराज पारसको आठ वर्षअघि पहिलोपटक हृदयाघात हुँदा नर्भिक अस्पतालमै आकस्मिक कोरोनरी एन्जियोप्लाष्टिक तथा स्टेन्ट प्रत्यारोपण गरिएको थियो भने दुई वर्षअघि उहाँलाई पुनःहृदयाघात भएको थियो ।

तपाइँको प्रतिक्रिया ।