मुक्तक : दीपदर्शन पुरी

मुक्तक : दीपदर्शन पुरी

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

सृष्टिको सुन्दर अतुल खानी यहि हाम्रो नेपाल
प्रकृति हाँस्ने गौरवकी रानी यहि हाम्रो नेपाल
स्वर्णसरी टल्कीदिने मोतीझै हिमाल यहाँ
धराकै धनी ऐश्वर्य दानी यहि हाम्रो नेपाल ।।

डाँडाकाँडा छहरामा झुलिरहुँ लाग्छ
सृष्टिको वागभित्र फुलिरहुँ लाग्छ लाग्छ
निर्झर नाला सुसाउदै छङङ बगिदिदा
पीयुषराग प्रकृतिको घुलिरहु लाग्छ ।।

परिश्रम गरेपछि भोकपनि मिठै हुन्छ
पसिना बगाउँदा पत्थरपनि पिठै हुन्छ
दुःख अभावको आँधीलाई सन्तोषले छेकेर
नाना व्याञ्जन भन्दा ढिढो सिस्नो गिठै हुन्छ ।

स्वदेश हाम्रो पुष्प थुङ्गा शिरमा लगाउँ अब
पसिनाका धाराmाइृ यहि देशामा बगाउँ अब ।
झलझली हिमाद्री नयनमा नाच्दाखेरी
हृदयको टुक्रा यो वक्षभित्र बसाउ अब ।।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।