आजको मौसम : एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

आजको मौसम : एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

आज  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शनिबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ ।

शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ।

राति कर्णाली र  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ।

तपाइँको प्रतिक्रिया ।