अन्तत : कपन ह्यान्डबल-अधिकारी मोड सडक कालोपत्रे शुरु …….

अन्तत : कपन ह्यान्डबल-अधिकारी मोड सडक कालोपत्रे शुरु …….

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

कपन क्षेत्रको महत्वपूर्ण सडकका रुपमा रहेको कपन ह्यान्डबल -अधिकारी मोड सडक कालोपत्रे शुरु भएको छ। लामो समयदेखि निर्माणाधीन रहेको सो सडकको मुख्य अंशका रुपमा रहेको ह्यान्डबल मैदान क्षेत्रबाट कालोपत्रेको शुरुवात भएको हो।

वडा नं १० ,११ र १२ रहेको कपन क्षेत्रको मुख्य सडक लामो समय देखि निर्माण सम्पन्न नहुदा स्थानीयहरुले निकै समस्या भोग्दै आएको भन्दै विभिन्न सांकेतिक विरोध समेत भएको थियो।

वर्षातमा हिलो र हिउँदमा धुलोका कारण निकै सास्ती खेप्नु परेका स्थानीयहरुले सडक कालोपत्रे संगै राहत महसुस गरेका छन भने यातायात संचालनमा पनि सहयोग पुग्ने देखिन्छ।

सो सडक कालोपत्रेको निरीक्षणमा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख अनिता लामा ,वडा नं ११ का  अध्यक्ष राजु अधिकारी लगायतको उपस्थिति समेत रहेको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कपन ह्यान्डबल-अधिकारी मोड सडक केहि समय  बन्द रहने  भएको छ।बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले सुचना जारी गर्दै उक्त सडक निर्माणको कार्य भैरहेकोले बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।