औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा जागिरको अवसर !

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा जागिरको अवसर !

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौंले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।

लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।

तोकिएको योग्यता पुगेका नेपाली नागरिकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन सक्नेछन् । आवेदन ३० दिनभित्र दिन सकिने लिमिटेडले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।