अचानक ठूलो वर्षा हुँदा दुई तीर्थयात्रीको मृत्यु, ११ बेपत्ता

श्रीनगर, ९ साउन । हिन्दु तीर्थयात्री बसिरहेको शिविरमा अचानक आएको भारी बर्षापछि बाढी आउँदा दुई तीर्थालुको मत्यु भएको छ भने ११ जना हराइरहेको, यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भारत नियन्त्रित काश्मिर क्षेत्र, गन्दबल जिल्लाको सोनमार्ग नजिकैरहेको टहरा र पालभित्र बसको तीर्थयात्रीलाई अचानक आएको वर्षापछि आएको बाढीले बगाउँदा दुईजनाको मृत्युभएको छभने दुई दर्जन बढी यात्री घाइते भएको भारतीय अर्धसैनिक केन्द्रीय सुरक्षा प्रहरीबल (सिआरपिएफ)का प्रवक्ता आशिषकुमार झाले बताउनुभयो ।

हामीलाई प्राप्त सूचना अनुसार ११ जना तीर्थयात्री हराइरहेका छन्, झाले बताउनुभयो । उक्त स्थानमा गएको हप्तापनि पाँच जनाको मृत्युभएको थियो । बाढीपश्चात उक्त शिविर बरीपरी रहेको यात्रुलाई सुरक्षित ठाउँतर्फ सारिसकिएको पनि उहाँले बताउनुभयो । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।