बुढानिलकण्ठमा पुर्व रास्ट्रपति विद्यादेवी भण्डारी : रैथाने कृषि उत्पादनको प्रवर्धन

बुढानिलकण्ठमा पुर्व रास्ट्रपति विद्यादेवी भण्डारी : रैथाने कृषि उत्पादनको प्रवर्धन

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।
नेपालकी पुर्व रास्ट्रपति विद्यादेवी भण्डारीले बुढानिलकण्ठ नगरपालिकामा संचालन भएको रैथाने कृषि मेलाको अवलोकन गरेकी छन । बुढानिलकण्ठ नगरपालिका वडा नं २ की बासिन्दा समेत रहेकी पुर्व रास्ट्रपति भण्डारीले हरेक  शनिवार नगरपालिकामा संचालन भैरहेको स्थानीय तथा रैथाने कृषि मेलाको औपचारिक शुभारम्भ समेत गरेकी छन।
सो शुभारम्भ कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी ,उपप्रमुख आनिता लामा सहित जनप्रतिनिधिहरुको र स्थानीय उपभोक्ताहरुको बाक्लो उपस्थिति रहेको थियो।
 हरेक शनिबार ७ बजे देखि ११ बजेसम्म नगरकार्यपालिका परिसरमा भएको मेलामा पुगेकी  पूर्वराष्ट्रपति  विद्यादेवी भण्डारीले  केही तरकारी तथा ने सयपत्री फूल र बिमिरो खरिद गरेकी थिइन् ।
सो मेलामा बूढानीलकण्ठका किसानले उत्पादन गरेको रैथाने कृषि उपज, दूग्धजन्य पदार्थ, कृषि औजार तथा रैथाने (विशेषगरी नेवारी) परिकारहरु बिक्री तथा प्रदर्शनको लागि राखिएको छ। मेलामार्फत् ४० भन्दा बढी स्टलबाट रैथाने सामाग्रीहरु बिक्री वितरण गरिएको थियो
तपाइँको प्रतिक्रिया ।