काठमाडौं महानगरपालिका–१४ बल्खुमा एक पुरूष मृत फेला परे

काठमाडौं महानगरपालिका–१४ बल्खुमा एक पुरूष मृत फेला परे

कपन अनलाइन

काठमाण्डौ ,कार्तिक २६।

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको हो।

यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका–३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका–३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ।

आजै अनुसार सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौली बस्ने ६० वर्षीय सर्लु कुमारको कमला खोलामा डुबेर आज मृत्यु भएको छ।

तपाइँको प्रतिक्रिया ।