विभिन्न महत्वपूर्ण निर्णयहरु नेकपा एमाले बुढानिलकण्ठ-१० ले अधिवेसनको मिति तोक्यो

विभिन्न महत्वपूर्ण निर्णयहरु नेकपा एमाले बुढानिलकण्ठ-१० ले अधिवेसनको मिति तोक्यो

कपन अनलाइन

काठमाण्डौ, कार्तिक २३।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीले वडा अधिवेसनको मिति तय गरेको छ। आज बसेको वडा कमिटीको बैठकले आगामी मङ्सिर २३ गते वडा अधिवेसन गर्ने निर्णय गरेको छ।

त्यस्तै सो बैठकले जाजरकोटमा गएको भूकम्प पिडितहरुका लागि ५ हजार सहयोग गर्ने निर्णय गर्दै कार्तिक २५ गते जिल्ला कमिटीले आयोजना गरेको रक्तदान कार्यक्रमलाइ सफल बनाउन सहयोग गर्ने निर्णय भएको सचिव शम्भु शरण पौडेल =ले जानकारी दिएका छन।

उक्त बैठकले अधिवेसनको तयारीका लागि निम्न अनुसार जिम्मेवारी प्रदान गर्ने पनि निर्णय गरेको छ।

क) पार्टी सदस्यता नवीकरण तथा सहजीकरणका लागि जिल्ला बिभाग सदस्य  धुर्ब प्रसाद भट्टराई : संयोजक

ख) आर्थिक प्रतिबेदन तयारी उप समिती सम्योजक नगर कमिटी सद्स्य तथा १० का इन्चार्ज  चन्द्रमान श्रेष्ठ : संयोजक

ग) मन्च व्यवस्थापन सम्योजक का. वा.अध्यक्ष  कमला कार्की : संयोजक

घ) सांगठनिक प्रतिबेदन क. गणेश कुमार मिश्रको विशेष सहयोगमा वडा कमिटी सचिव शम्भु शरण पौडेलले तयार पार्ने ।

ङ ) प्रचारप्रसार संयोजक  – सचिव शम्भु शरण पौडेल

च) जन परिचालन उप सचिव नवराज देउजा : संयोजक

छ) स्वयम् सेवक परिचालन सम्योजक सचिवालय सदस्य  शुदर्शन पौडेल : संयोजक

 

तपाइँको प्रतिक्रिया ।