भूकम्प मापन केन्द्रले माग्यो माफी

भूकम्प मापन केन्द्रले माग्यो माफी
काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले प्राविधिक कारण देखाउँदै हिजोको भूकम्पबारे उपलब्ध गराएको सूचनाप्रति माफी मागेको छ।

‘राष्ट्रिय भूकम्प मापन केन्द्रमा प्राविधिक समस्या भएकाले २०७२ साउन ६ गते राति १०:१४ बजे गएको भूकम्पको केन्द्र सिन्धुपाल्चोक भनेका थियौं। केन्द्रबिन्दु सच्याउँदै काठमाडौं रहेको जानकारी गराउँछौं,’ केन्द्रले आफ्नो वेबसाइटमा भनेको छ, ‘गलत सूचनाका लागि माफी चाहन्छौं।’

राति गएको भूकम्पको केन्द्रबिन्दुको विषयमा फरक फरक सूचना जारी भएको थियो। मापन केन्द्र नै यसबारे कन्फ्युज्ड देखिएको थियो।

भूकम्प मापन केन्द्रको वेबसाइटमा केही समयपछि सिन्धुपाल्चोक केन्द्र बताउँदै यस्तो जानकारी राखिएको थियो –

त्यसको केही समयपछि त्यसलाई पुनः अपडेट गर्दै यस्तो जानकारी राखियो, अब केन्द्र सिन्धुपाल्चोक होइन, काठमाडौँ थियो-

पहिलोपोस्ट बाट साभार गरिएको

तपाइँको प्रतिक्रिया ।