पराकम्पन ४.६ रेक्टर स्केलको

पराकम्पन ४.६  रेक्टर स्केलको

६ साउन, काठमाडौं । काठमाडौंमा केहीबेर अघि भूकम्पको ठूलो धक्का गएको छ । लामो समयको अन्तरालपछि काठमाडौं उपत्यका र आसपासका जिल्लामा सुतिसकेका र सुत्ने तरखरमा रहेका नागरिकले भूकम्पको भयानक धक्का महशुस गरेपछि भागाभाग मच्चिएको छ ।

download (3)

*राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ४.६ को पराकम्पनले राजधानी र आसपासका जिल्लाई हल्लाएको हो।

आवाज सहित परकम्पको धक्काले हल्लाएपछि काठमाठौंबासी घर बाहिर निस्केका थिए।हिजो पनि दोलखा केन्द्रविन्दू भएको ४.३ म्याग्निच्युडको परकम्प गएको थियो। राती १० बजेर १५ मिनेटमा गएको भूकम्पको कम्पन लामो समय नभएपनि ठूलो धक्का भएका कारण काठमाडौं जिल्ला सहित ललितपुर र भक्तपुर जिल्लाका नागरिकहरु घरबाहिर कुदेका थिए ।

हाम्रा नुवाकोट, धादिंग, रसुवा तथा सिन्धापाल्चोक, काभ्रे र गोरखा जिल्ला सम्वाददाताहरुका अनुसार यि सबै जिल्लामा भूकम्पको कम्पन महसुस गरिएको छ ।

*राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दू भएको ४.६ को पराकम्पनले हुनुपर्ने ठाउमा अन्यथा हुनगएकोमा सच्याइएको छ ।

तपाइँको प्रतिक्रिया ।