उताबाट फर्कनासाथ गगन थापाको कुरै अर्कै

उताबाट फर्कनासाथ गगन थापाको  कुरै अर्कै

देखादेखी गरिने बेइमानी र इमान्दारजस्तो देखिएर गरिने बेइमानीको हिसाब गर्दा पहिलो श्रेणीका बेइमान ‘इमान्दार बेइमान’ मानिन्छन्, अमरेशकुमार सिंहजस्ता । कांग्रेसभित्र अमरेशलाई माथ खुवाउने दोस्रो श्रेणीका बेइमान प्रकट भए, त्यो पनि संविधान जारी गर्ने मुखमा पहिला एउटा र पछि अर्कै अभिव्यक्तिसाथ ।

चार प्रमुख दलबीच भएको १६ बुँदे समझदारीको जगमा संविधान निर्माणले रफ्तार लिइरहँदा सभासद् गगन थापा सुटुक्क दिल्ली हानिए । कांग्रेसका पुराना नेता प्रदीप गिरीले संविधानसभा बैठकमै १६ बुँदेप्रति आपत्ति प्रकट गर्दै अभिव्यक्ति दिए, ‘इमान्दारिताका साथ’ । गगन त्यतिबेलासम्म १६ बुँदे पक्षधर कांग्रेस विधायक थिए । तर, असारको २२ गते दिल्ली गएका र २५ गते फर्किएका उनी २५ गतेपछि एकाएक १६ बुँदेको पक्षधर रहेनन् । संघीयताको नामाङ्कन प्रदेश सभाले र सीमाङ्कन विज्ञ सम्मिलित उच्चस्तरीय आयोगले गर्ने चार दलीय समझदारीविरुद्ध अभिव्यक्ति दिन थालेका छन् । दिल्लीबाट फर्केलगत्तै उनले भनेर मान्ने सञ्चारमाध्यमलाई आफ्ना कुरा उल्लेख गर्न लगाएका छन्, कतै अन्तर्वार्ताको नाममा त कतै कुनै सन्दर्भमा बोलेको भनी । जबकि, उनी प्रदीप गिरी र अमरेशहरुले पार्टी नीतिविपरित प्रदर्शन गरेको क्रियाकलापका सबभन्दा ठूला विरोधी थिए, भारत जानुअघि ।

timthumb

उता, काठमाडौं– ४ बाट प्रत्यक्षमा निर्वाचित गगनले हालैको बजेटद्वारा सांसद विकास कोषका लागि विनियोजित एक करोड बराबरको रकम खर्च गर्ने विषयमा त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने बाँकी दुई सभासद्सँग कुनै सरोकारै नराखेको भनी विवाद उत्पन्न भएको छ । कुनै पनि क्षेत्रका लागि विनियोजित रकम उक्त क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित सभासद्को नेतृत्वमा सोही क्षेत्रमा समानुपातिक तर्फका सभासद् भए तिनीसँगको सहमतिमा मात्र तय गर्नुपर्ने प्रचलन छ । तर, गगनले एकलौटी १० योजना पेश गरेर रकम निकासा गरेका छन् । उनले पेश गरेका योजनामा १० लाखको लागतमा सुवर्णसमशेर क्रिकेट मैदान सम्याउने,  जंगलादेवी ढल बाटोको निर्माण, १२ लाखको लागतमा चुनिखेल सापाटार सडक, १० लाखको लागतमा रुद्रमति चोक नर्सरी अहरे सडक निर्माण, पञ्चकन्या बालमैत्री पुल निर्माणलगायतका छन् । गगनको एकलौटी योजनाप्रति त्यहाँका समानुपातिक सभासद् डा.राजन भट्टराई (एमाले) र गीता राना (फोरम) ले विरोध जनाएका छन् ।

जनआस्था साप्ताहिक बाट साभार गरिएको

तपाइँको प्रतिक्रिया ।