इचङगु टिम च्याम्पियन

इचङगु टिम च्याम्पियन

कपन अनलाइन

काठमाण्डौ ,असोज २८।

च्याम्पियन मार्सल आर्ट्स एकेडेमी द्वारा आयोजित एक दिने  प्रथम च्याम्पियन मार्सल आर्ट एकेडेमी जुनियर कराते च्याम्पियनसिप सम्पन्न शनिबार सम्पन्न भएको । प्रतियोगितामा १३ टिमका ३ सय खेलाडी सहभागी थिए । ११ औं साग का स्वर्ण पदक विजेता च्याम्पियन मार्सल आर्ट्सका निर्देशक हाल अमेरिकामा बसोबास गर्दै आएका सुनिल लामाको विशेष सहयोग मा सम्पन्न प्रतियोगितामा पुरुष एकल कातातर्फ इचङगु डोजोका निरज बस्नेत प्रथम , महिला एकल कातामा इचङगुकै रेनिसा रिमाल प्रथम भए ।
महिला  १५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रोज्ली थापा प्रथम, २० केजीमा मनमैजु डोजोकी प्रस्ना ढकाल प्रथम, २५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी रसिका पुडासैनी प्रथम, ३० केजीमा मनकामना डोजोकी बिनिता कुवर प्रथम, ४५ केजीमा इचङगु डोजाकी सोनाम शेर्पा प्रथम, ५५ केजीमा च्याम्पियन मार्सल आर्ट्सकी निमा तामाङ प्रथम, ३० केजीमा मनकामना डोजोकी बिनिता कुँवर प्रथम, ३५ केजीमा मोदर स्कुलकी अलिशा गुरुङ प्रथम, खुल्ला  तौलसमुहमा भिएस निकेतनकी युनिका राई प्रथम, ४० केजीमा मनकामना डोजोकी समिक्षा राना मगर प्रथम स्थानमा रहे ।
पुरुष २० केजीमा भिएस निकेतनका निश्चल खड्का प्रथम, २५ केजीमा मोदर स्कुलका गौरव सुवेदी प्रथम, ३० केजीमा मनकामना डोजोका डेबिड राना मगर प्रथम, ५५ केजीमा इचङगु डोजोका सबिर श्रेष्ठ प्रथम, ६० केजीमा च्याम्पियन डोजोका अनिल बराम प्रथम, ४५ केजीमा इचङगु डोजोका निराजन बस्नेत प्रथम, ३५ केजीमा मनमैजु डोजोका आयुश गजुरेल प्रथ मबने ।
पुरुषमा निश्चल खड्का तथा महिलामा प्रस्ना ढकाल उत्कृष्ट खेलाडी घोषित भए । दुवैले जनही १५० डलर नगद पुरस्कार हात पारे । टिमतर्फ इचङगु डोजो, च्याम्पियन मार्सल आर्ट्स र मनकामना डोजो क्रमशः शीर्ष तीन स्थान हासिल गरेको १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् ।
विजेतालाई नेपाल कराते महासंघका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा खेल पत्रकार अजय फुयाललाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक शुशिला लामाले आगामी दिनमा खेलाडीको वृद्धि विकासका निम्ति विभिन्न प्रतियोगिताहरु गर्ने प्रतिबद्धता जनाइन् ।

तपाइँको प्रतिक्रिया ।