आमाको माया : अमृत सुवेदी (लघुकथा)
कपन अनलाइन
काठमाण्डौ ,असोज २७।
आमाले एक हजार चन्द्रमा पुजेको पनि आज छ बर्ष पुगेछ । यो उमेरमा आमाको आखाँको झिल्ली पातलिएर आँशु बगिरहेका छन् भने अनुहार मुझिएर सयौँ दरार परिसकेका छन्, गालामा।
आमाले दर्जन सन्तानलाई जन्म दिनुभयो। कतिले सानैमा चिहानडाडो भरे, कति विध्वंशको बाटोमा हिँडे । ठूलोवाबु परदेशिएको बर्षौ भयो। अहिले जस्को साथमा हुनुहुन्छ, चञ्चलश्री देख्नुभएको छ । छोराछोरी, नाती नातिनाप्रति उत्तिकै माया ममता लाग्छ । मलाई यतत बाँचेर यति माया ममता सन्तानलाई दिन सकुककला ?
जब साँझ पर्छ, परदेशी आउने बाटोमा टर्च बल्यो कि ? ठूलोवावु आयोकी ? लाइटको मधुरो प्रकाश पछ्याउन आमा आँगनको डिलमा पुग्नुहुन्छ । जब उज्यालो क्षितिजमा हराइदिन्छ अनि रूदै भन्नुहुन्छ “परदेशीले माया मार्यो तर मेरो माया मर्न सकेन“।
जवानीका पुष्ट गाला हुन्थेभने टाकुराको ढुंगोसरी आँसुका ढिक्का लडेको देखिन्थ्यो होला। सेती पोखराको खोंचमा लुकेर बहेसरी कस्ले देख्ने ती चाउरीमा लुकेर वहेको आँसु ?
आमा हाम्रो फूर्सदमा छोरा नाती नातिनालाई थुप्रै उपदेश दिनु हुन्छ । ‘विदेश नजानू, पसीना आफ्नै माटोमा चुहाउनू आफ्नो गुह्य अरूलाई नखोल्नू, आफ्नो संस्कार संस्कृति नभुल्नू, घर बलियो भए आफ्नो अवस्था बलियो अनि गाउँ समाज बलियो देश बलियो हुन्छ ।’
आमाका यी उपदेश सुन्दै गर्दा म भने देशको हविगत सम्झन्छु ।
तपाइँको प्रतिक्रिया ।