बौद्धनाथ चैत्यको मर्मत–जीर्णोद्धारका लागि अध्ययन

बौद्धनाथ चैत्यको मर्मत–जीर्णोद्धारका लागि अध्ययन

काठमाडौँ, ५ साउन । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यको मर्मत तथा जीर्णोद्धारका लागि अध्ययन सुरु गरेको छ ।

प्राचीन सम्पदामध्ये महत्वपूर्ण तथा विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ विशेषगरी बौद्ध धर्मावलम्बीको पवित्र धार्मिकस्थल हो । गत वैशाख १२ गतेको भूकम्प तथा त्यसपछिका परकम्पका कारण चैत्यमा ठूलो क्षति पुगेपछि जोखिम बढेको छ ।

-Boudha Final

विशेषज्ञको समूहले त्यसको विस्तृत अध्ययन पूरा गरेपछि तयार हुने प्रतिवेदनका आधारमा चैत्यको ऐतिहासिक पक्षलाई कायम गरी जोखिम न्यूनीकरण तथा जीर्णोद्धारका लागि उपाय अवलम्बन गरिने छ ।

विज्ञको समूहले एक महिनाको समयावधिमा अध्ययन सम्पन्न गरी प्रतिवेदन समितिलाई बुझाउने छ । सामान्यतया अहिले चैत्यको गोलाद्र्धका विभिन्न भागमा चर्केको तथा त्रयोदश भुवनका केही भाग भत्कन सक्ने सम्भावना देखिएको छ । जीर्णोद्धार गर्ने क्रममा नयाँ प्रविधिको प्रयोग गरी पुरानै संरचनाको स्वरुप प्रदान गरिने छ ।

समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले चैत्य पुरातात्विक महत्वको चैत्यको चाँडो जीर्णोद्धार गरी संरक्षण गर्नुपर्ने खाँचो औँल्याउँदै मर्मतका लागि लाग्ने खर्च राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतबाट जुटाइने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।