जगडोल क्षेत्रमा गोली चल्यो : लुटेरा समूह प्रहरी नियन्त्रणमा
कपन अनलाइन
काठमाण्डौ ,असोज २५ ।
हतियारसहित लुटपाट गर्न आएका एक जनामाथि प्रहरीले गोली चलाएको छ। काठमाण्डौ जगडोल क्षेत्रमा बिहीबार दिउँसो प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको हो।
तीन वटा मोटरसाइकल चढेर लुटेरा समूह आएका थिए। प्रहरीले उनीहरूलाई पिछा गरेको थियो।बिहीवार दिउँसो जगडोलमा हतियारसहित लुटपाट गर्न आएका व्यक्तिमाथि गोली प्रहार गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरले बताए।
पक्राउ गर्न खोज्दा प्रहरीमाथि नै आक्रमण गर्न प्रयास गरेपछि उनीमाथि गोली प्रहार गरेको प्रहरीको दाबी छ ।’लुट्न आउँदैछ’ भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरिएको अपराध महाशाखाका प्रमुख शोमेन्द्र राठौरले जानकारी दिएका छन। प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली हानेर एक जनालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।गोली लागेर घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिकल कलेजमा लगिएको छ ।
हरीको गोली लागेर ३६ वर्षीय अमर घलान घाइते छन्। उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ। जितेन लामा र शान्ता लामा प्रहरीको नियन्त्रणमै छन्। उनीहरूबाट एउटा पेस्तोल र पाँच राउण्ड गोली बरामद भएको छ।