बुढानीलकण्ठ नगरकप फुटबलको प्रथम पुरस्कार फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गर्ने

बुढानीलकण्ठ नगरकप फुटबलको प्रथम पुरस्कार फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असोज २५ ।

बिजया दशमीको अबसरमा बुढानीलकण्ठ युवा समाजले आयोजना गर्दै आईरहेको बुढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको आठौ  संस्करणको प्रथम पुरस्कार फ्रयाङ्कलिन एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गर्ने भएको छ ।

बुढानीलकण्ठ युवा समाजको समाजकको तर्फबाट कार्यबाहक अध्यक्ष्य सक्सा शाह र फ्रयाङ्कलिन एजुकेशनलका उमेश खड्काले   हस्ताक्षर गर्दै आठौ बूढानीलकण्ठ नगरकप फुटबल प्रतियोगिताको प्रथम पुरस्कार प्रायोजनको सम्झौता गरेका थिए।प्रतियोगिताका  विजेताले उपाधि सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

असोज २५ गतेसम्म टिमदर्ता गर्ने टोलीहरुलाई नेपाल र लाओस बीच दशरथ रंगशालामा हुने विश्वकप छनौटको खेल हेर्न तीन थान टिकट उपलब्ध गराईने  आयोजकले जानकारी दिएको छ।

बुढानीलकण्ठ नगरपालिका भित्रका  १८ वटा टोलीले ८ औ नगरकप् फुटबल प्रतियोगिता २०८० मा सहभागिता जनाउने  छन्।

तपाइँको प्रतिक्रिया ।