‘धर्म परित्याग गर्न पाइनेछ’ भन्ने वाक्याङ्श हटाइने

४ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा उल्लेख भएको ‘धर्म परित्याग गर्न पाइनेछ’ भन्ने वाक्याङ्श हटाइने बताउनुभएको छ ।

हिजो  झापा जिल्ला पार्टी कार्यालय विर्तामोडमा आयोजित कार्यक्रममा नेता ओलीले भन्नुभयो, “यो वाक्याङ्शले गलत अर्थ दिने भएकाले संविधान घोषणा अगावै यो शब्द हटाइने छ ।”

नेपाल बहुसंस्कृति, बहुधार्मिक र बहुभाषी देश भएको उल्लेख गर्दै उहाँले यहाँ धार्मिक स्वतन्त्रता छ, राज्यले सबै धर्मप्रति सद्भाव राख्छ भन्नुभयो ।

“देश बनाउने कुरा कोही गर्दैन, सबैलाई भाग मात्र चाहिएको छ”–उहाँले भन्नुभयो, “अहिले बढी प्रदेश बनाउँदा देशलाई आर्थिक भार पर्छ, त्यही अनुसार सुझाव पठाउनुहोस् ।”

नेता ओलीले सीमाङ्कनका विषयमा अहिले सहमति हुन नसके आयोगको सिफारिसका आधारमा रुपान्तरित संसद्ले संविधान जारी भएपछि त्यसको टुङ्गो लगाउने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।