नेसनल प्याव्सनमा चर्को विवाद : हमालको कार्यकाल नसकिदै न्यौपानेले गरे आज पदबहाल गर्ने तयारी

कपन अनलाइन
काठमाण्डौ ,असोज १३।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ ।

सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि पाण्डव हमाल र दोस्रो १८ महिनाका लागि सहअध्यक्ष सुवास न्यौपाने अध्यक्ष हुनेगरी सहमति भएको थियो ।

हमालको कार्यकाल गत भदौ २४ गते सकिएको र अबको अध्यक्ष आफू भएको न्यौयानेको दाबी छ । तर सहजरुपमा पद हस्तान्तरण नगरेको भन्दै न्यौपानले आज  असोज १३ गते कार्यक्रम आयोजना गरी पदस्थापनको तयारी गरेका छन् ।

हमालले भने निर्वाचित कार्यसमितिमाथि केही व्यक्तिको बहकावमा लागेर भ्रम फिँजाइएको र कुनै आन्तरिक सहमति भएको भए विधिवतरुपमा प्रस्ताव पेस गर्न आग्रह गरेका छन् ।उनले आफूले तीनवर्षे कार्यकालका लागि शपथ लिएकाले विधान र स्थापित मूल्य मान्यताबमोजिम काम गर्ने बताउदै आएका छन ।

न्यौपानेले पदबहालीको कार्यक्रम राखे संगै नेसनल प्याव्सनका संस्थापक अध्यक्ष सहितका नेताहरु सहमतिको पहल गरिरहेको श्रोतले जानकारी दिएको छ। उनले आज ११.४५ बजे अनुपम फुड ल्याण्डमा कार्यक्रम राखे संगै नेसनल प्याव्सनका सदस्यहरु अन्यौल परेका छन भने नेताहरुले अन्तिम पहल गरिरहेका छन ।

तपाइँको प्रतिक्रिया ।