स्पोर्ट्स स्पेशल क्लबको आयोजनामा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने
कपन अनलाइन
काठमाडौँ, आश्विन १० । “स्वस्थ हुनको लागि आजको आवश्यकता दौड” भन्ने मूल नाराको साथमा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको छ । स्पोर्ट्स स्पेशल क्लब काठमाडौं महानगरपालिका ६ बौद्ध को आयोजना तथा काठमाडौं महानगरपालिका वडा नं ६ को सहायोजनामा खुल्ला महिला तथा पुरुष दौड प्रतियोगिता हुने भएको हो ।
प्रत्येक बर्ष झैँ यस वर्ष पनि क्लबले असोज २८ गते घटस्थापनाको दिन बिहान ७ बजे तीनचुली स्थित पुरानो कुवा बाट दौड शुरु गर्ने भएको हो । बिजय दशमीको अवसर पारेर खेलको माध्यमबाट आपसी भाइचारा मित्रता र सामाजिक सदभाब कायम गर्दै प्रतिभावान खलाडी उत्पादनमा दौडमा रुची राख्ने खेलाडीहरुलाई समेट्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
करिब ६.२ किलोमिटरको रहने उक्त दौड आनन्दपुर कुवा बाट शुरु भइ आरुबारी चोक- जगडोल शहिद पार्क-केन्द्रीय प्रहरी बिशेष कार्यदल-कपन फैका -रामहिटी चोक हुदै आनन्दपुर कुवा पुगी समापन हुने समेत आयोजकले जानकारी गराएको छ ।
उक्त दौड प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने धावकहरुलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।थप जानकारीको लागि सम्पर्क नम्बर अनिल देवकोटा ९८६६४७०७५८, सुरेन्द्र लामा ९८६९३०४२५२ जयराम लामा ९८६१००२७७०