आउँछिन् खुली छन्द सुन्दरी : त्रिलोचनआचार्य (कविता )
कपन अनलाइन
काठमाण्डौ ,असोज ६।
नित्य जिन्दगी, घामझैँ बनोस्
कर्म मार्गका, खुट्किला खनोस्
लेख्न थालियोस्, गाउँकाकथा
फाल्न थालियोस्, गाउँकाव्यथा ।
छैन फासला, दुख्ख सुख्खको
मात्रपारिँदा, चित्त ढुक्कको
भै उठे स्वयं त्यागको चुली
यी पहाड के ? लाग्छ मामुली ।
छन् रुँदै धरा, भन्छ को बरा ?
के कुदौँ गरी ?भाव साँगुरा
यैँ गरौँ, भरौँ गोठ रिक्त छन्
दूर दौडिए बन्छ तिक्तझन् ।
ढुक्क भै गरे कामका कुरा
गर्नु के प¥यो ?मामका कुरा
गर्नु के प¥यो ?धामका कुरा
गर्नु के प¥यो ?नामका कुरा
जे भयो गयो, बिर्सिऊँहिजो
सोचमा भरौँ, वर्तमान यो
कुद्छ पौरखी, टेक्छ टाकुरा
ज्ञान सीप दे, भन्छ पाखुरा ।
जो गएबुझी, झट्ट फर्किऊन्
क्यै नयाँसिकी, सट्ट फर्किऊन्
होस्हलो जुवा, पुग्छ खानहो
होस्भलो सधैँ मातृभूमिको ।
अन्धकार यो, फाल्नुपर्दछ
ज्ञानको टुकी, बाल्नुपर्दछ
विश्वकानयाँ, उच्चपध्दति
ल्याउँछौँयहीँ, हुन्छ उन्नति
उच्चकोटिको, पाठ यै मिलोस्
दक्षता भरी, कर्म यैँ खुलोस्
छानियून् सही, राजनीतिक
कर्म धर्मका, स्वच्छ शासक ।
यैँबसीबसी, यै धुलो धसी
हातहातमा, हुन्छ कुचीमसी
पाक्छ खेतकै, मानु जो यहाँ
को ठुलो यहाँ, सानु को यहाँ?
पाइलाचले, एक भावले
सिर्जना बढे, एकनाशले
प्रेमको धुरी, उठ्छ बेसरी
आउँछिन् खुली, छन्द सुन्दरी ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक