बालेन सरले खोला त खोल्नु भो,पुलको नामोनिसान छैन ,कपनवासी नाकावन्दीमा हो ?

बालेन सरले खोला त खोल्नु भो,पुलको नामोनिसान छैन ,कपनवासी नाकावन्दीमा हो ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६/ पुन्यराज पुडासैनी 

कपन क्षेत्रमा अहिले अविरल वर्षात भैरहेको छ। निरन्तरको वर्षाले गर्दा बालेन सरले निकै गौरवका साथ खोलेको खोलामा पानीको  बाढी उर्लिएको छ भने त्यो भन्दा ठुलो पिडा , संसय र जोखिमको बाढी खोला छेउ छाउका स्थानीयहरुको मनमा व्यापक बढेको छ।

आज भाद्र २६ गते बिहानै देखि आएको वर्षाले कपनका खोलामा बाढी आउदा आवतजावत सबै बन्द हुने अवस्थामा पुगेको छ भने कार्यालय जाने कर्मचारी , विधयालय जाने विद्यार्थी र व्यवसाय गर्ने ब्यापारीहरु निकै असमन्जस्यतामा परेका छन।

खोला खोले पछी पुल निर्माण गर्ने आस्वासन दिएको महानगरपालिकाले जनता झुक्काए पछि हाललाई कपन क्षेत्र अघोसित नाकावन्दीमा परेको छ भने निकै ठुलो जनधनको क्षेती हुने जोखिम पनि बढेको छ।

केहि दिनदेखि भएको वर्षाका कारण  कपन क्षेत्रका जनताले पाएको दुख सामाजिक संजालमा छताछुल्ल बन्दा समेत कतै बाट पनि सुनुवाई वा सहनुभुत्ति समेत ब्यक्त नगरिएको अवस्थामा हालको वर्षाले थप हानि पुर्याउने देखिन्छ।

सो  क्षेत्रमा अहिले कयौ बिजुलीका पोल ढल्ने अवस्थामा रहेका छन भने केहि घरहरु कतिबेला ढल्ने हुन् त्यो भन्न सकिने अवस्था छैन। बिना योजना मौसमको ख्याल समेत नगरेर एकाएक डोजर हान्दा कपनवासीले अहिले अकल्पनीय जोखिम मात्र भोगिरहेका छैनन् उनीहरु कठोर मानसिक यातनाको शिकार पनि बनिरहेका छन।

अहिले सामाजिक संजाल फेसबुक र टिक टकमा कपनमा बाढीका कारण एउटा मोटर साइकल डुबेको दृश्य निकै भाइरल भैरहेको छ । त्यहा सो मोटरसाइकल मात्र हैन त्यसमा सवार एक युवा पनि ज्यान गुमाउनबाट बालबाल बाचेर आफ्नो रगत पसिनाले किनेको सम्पति बाढीको बहावमा डुबेको टुलु टुलु हेर्न लाचार समेत बनेका छन।  खोला खोल्दा पुल हाल्ने भन्दै ठुलो ठुलो श्वरमा आस्वासन दिने महानगरका प्रहरी प्रमुख सायद यतिवेला कतै डोजर वरिपरी उफ्रिरहेका होलान। कम्तिमा त्यहा पुल मात्र बनाइदिएको भएपनि यो घटना हुने थिएन होला भन्दै कपनवासी उनको फुर्तियुक्त बोलि झल्झली सम्झिरहेका होलान।

बाढी आउने स्थानमा वर्षातको समयमा खोला खोल्न उक्साउने बालेन सरका अभियन्ताहरु पक्कै अहिले कपनवासीले भोगेको पिडामा सहनुभुत्ति दिन आउने छैनन् किनकी उनीहरुको न घर जग्गा जोखिममा पर्छ नत घर जाने सडक नै अवरुद्ध हुन्छ। उनीहरुलाई क्यामेरा अगाडी उभिएर भाइरल बन्नु थियो त्यो बने अव खेल खत्तम ,अरुको दुख भाड मै जावोस।

अघोसित नाकावन्दीमा कपन 

कपन क्षेत्रले अहिले अघोसित नाकावन्दीको शिकार भएको छ। सो क्षेत्रका मुख्य भूभागहरुमा जाने मूल सडक खोलामा परिणत भएको छ भने मुख्य नाकाहरु पनि  बाढीका कारण अवरुद्ध बनेको छ। यहाँ कुद्ने स्कुल बस र अन्य सार्वजनिक सवारीसाधनहरु पनि  रुट परिवर्तन गर्नुपर्ने बाध्यतामा परेका छन भने कतिपय सार्वजनिक यातायातहरुले रुट परमिट नै रद्द गर्ने तयारी समेत थालेका छन।

कपन क्षेत्रमा आउने ,मुख्य नाका हुन् : साततले ,  मिलनचोक ,तेन्जिङ चोक ,फैका र धोवीखोला कोरिडोर जुन अहिले अवरुद्ध बनेका छन भने भएका केहि पनि जोखिमयुक्त रहेका छन। राजधानीको उत्तरी भेगमा रहेको कपन क्षेत्र अहिले बालेन सरले अलिकति मौसम र प्राविधिक अध्ययन पनि नगरी हठात् रुपमा लोकप्रियता कमाउन गरेको एउटा कामका कारण चरम पिडामा परेको छ।

अदालतको आदेशले अर्को लफडा 

उच्च अदालत पाटनले कपन क्षेत्रको बाढी नियन्त्रणका लागि निर्माणाधीन रहेको बक्स कल्भर्ट निर्माणमा अवरोध नगर्न आदेस दिएको छ। यसले गर्दा अहिले बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा निर्माण भएको बक्स कल्भर्ट सुचारु बने पनि महानगरको सिमानामा रहेको सात तले क्षेत्रमा लागेको टेन्डर के हुने ? भन्ने प्रश्न पेचिलो बनेको छ।

महानगरले खोलेको खोलाम अदालतको आदेसका आधारमा अव ठेकेदारले बक्स कल्भर्ट निर्माण शुरु गर्दा काठमाण्डौ महानगरपालिका के गर्छ ? त्यहा अवरोध गर्न फेरी  डोजर लिएर आउछ कि चुपचाप बस्छ ? अनि  महादेवका वरिपरी डुल्ने प्रथम गण ,नन्दी ,भ्रिंगी, भुत प्रेत,पिचास  जस्तै काठमाण्डौ महानगरपालिका डोजर लिएर आउदा घुम्ने अभियन्ताहरु फेरी सो क्षेत्रमा चटक देखाउन आउलान कि चूपचाप बस्लान त्यो भने आगामी दिनमा देखिने नै छ ।क्रमस :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।