उच्च अदालत भन्छ : कपनको बक्स कल्भर्ट निर्माणमा हस्तक्षेप नगर्नु ,के छ आदेशमा ?

उच्च अदालत भन्छ : कपनको बक्स कल्भर्ट निर्माणमा हस्तक्षेप नगर्नु ,के छ आदेशमा ?

कपन अनलाइन

काठमाण्डौ ,भाद्र २६ ।

उच्च अदालत पाटनले  काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको यज्ञमति र  चखुन्चा खोलामा महानगरले डोजर लगाएको विषय उचित आधारबिनाको हस्तक्षेप बताउँदै सो कार्य रोक्न अन्तरिम आदेश दिएको छ ।

पाटन उच्च अदालतले भाद्र २५ गते  दिएको अन्तरिम आदेशमा संघीय प्रयासबाट बक्स कल्भर्ट निर्माण भैरहेको हुँदा महानगरले हस्तक्षेपकारी भूमिका नगरी समन्वयात्मक काम गर्न वाञ्छनीय हुने बताएको छ ।

अन्तरिम आदेशमा मन्त्रालयबाट बजेट विनियोजन भई ठेक्का सम्झौतासमेत भएर बक्सकल्भर्टको काम सुरू भैरहेको बेला कुनै पनि प्रकारको हस्तक्षेप तथा नगर्नु नगराउनु भनी उल्लेख गरिएको छ ।

के छ आदेशमा ?

 

 

तपाइँको प्रतिक्रिया ।