सुन,बालुवाटार देखी शरणार्थी काण्डवारे समितीमा गम्भीर छलफल हुन्छ : रामहरी खतिवडा

सुन,बालुवाटार देखी शरणार्थी काण्डवारे समितीमा गम्भीर छलफल हुन्छ : रामहरी खतिवडा

कपन अनलाइन

काठमाडौं भाद्र १८।

सिद्दिचरण नगरपलिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन  कार्यक्रमलाई सम्बोधन गर्दै ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य तथा  राज्य ब्यबस्था समितिको सभापति  रामहरि खतिवडाले देशलाई समृद्धिका  लागि  धेरै बाचा गरेको बताएका छन।

उनले  सुनकाण्ड, बालुवाटार प्रकरण देखी शरणार्थी   कानुन अनुसार नेपालको संबिधान अनुसार मेरो र तेरो नहेरी सम्पूर्णलाई कारवाही गर्न राज्य ब्यबस्था तथा सुशासन समिती सधैं प्रतिबद्द रहने बताएका छन।

खतिवडाले कोशी प्रदेशको बारेमा सम्मानित सर्बोच अदालतमा विचारधिन रुपमा रहेकोले कार्यपालिका, न्यायपालिका र ब्यबस्थापिका आफ्नै अधिकार रहेकोले एउटाले र्काको अधिकारलाई कुल्चेर जान नमिल्ने भएकोले कोशी प्रदेश मध्यावधि निर्वाचनमा  जादैन भन्ने कुरामा आफु विश्वस रहेको बबताए  ।

खतिवडाले सयौ मान्छेले सहादद प्राप्त पछी हामीले ३ तहको पारीकल्पना गरेर नेपालको सबै जातको बर्गको संबिधान बनाएर  स्थानिय सरकारलाई धेरै अधिकार सम्पन्न  बनाएको बताउदै   यो भन्दा पहिला ने क पाले झन्डै २ तिहाइको सरकार भए पनि हामीले राजनीति स्थिररता, शुसान र समृद्धि बनाउने अवसर गुमाएको बताएका थिए ।

कर्मचारीको नियम संसोधन, भ्रष्टाचारी सम्बधी अख्तियारको मुद्दाहरु छन्, ठुलो देशमा काम गर्न बाँकी छन सबै बिषयमा समितिको साथीहरुसँग बसेर छलफल गर्ने बताउदै उनले  दुधकोशी हाइड्रोपावर सहित् लिखु, मोलुङ, दुधकोशी, सघुटार- ओखलढुङगाको बाटोको कामहरु सुचारु भएको समेत जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।