श्री बौद्धनाथ क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को शालिक अनावरण
कपन अनलाइन
काठमाडौँ, भाद्र ८ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को अर्धकदको शालिक अनावरण गरिएको छ। आज श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यलय परिसरमा समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को अर्धकदको शालिक एक कार्यक्रमका बीच समितिका वर्तमान अध्यक्ष राजकुमार लामाले अनावरण गरेका हुन।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, श्री बौद्धनाथ क्षेत्र विकास समितिको पूर्व कार्यकारी निर्देशक आचार्य नुर्बु शेर्पा, श्री बौद्धनाथ क्षेत्र विकास समितिको वर्तमान कार्यकारी निर्देशक शान्तीमाया तामाङ ,श्री बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक सदस्य इन्द्र लामा (भज्यु), श्री बौद्धनाथ क्षेत्र विकास समितिको सदस्यहरु जानुका भण्डारी श्रेष्ठ, पशुपतिनाथ( श्याम) खतिवडा,रग्वा शेर्पा, शैलेश श्रेष्ठ, समितिका प्रमुख सल्लाहकार गोपाल प्रसाद बराल, परराष्ट्र सल्लाहकार दिनेश खनाल, सल्लाहकार जिग्मे भुजेल, गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामा, आदिबासी जनजाती महिला महासंघ अध्यक्ष निमि शेर्पा,ओम तामाङ सुख दु;ख गुठीका अध्यक्ष सुरज रुम्बा, श्री बौद्धनाथ क्षेत्र विकास समितिको संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को परिवारका सदस्यहरु लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी,समितिका कर्मचारी सहित स्थानीयको बाक्लो उपस्थिति रहेको कार्यक्रम संचालन संचालन संचारकर्मी गोपाल घिमिरेले गरेका थिए ।
१९९६ साल फाल्गुन १० गते जन्मिएका स्व. साङ्गे लामा (भज्यू) २०५३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बलबहादुर केसीको मन्त्रिस्तरीय निर्णयबाट गठन भएको श्री बौद्धनाथ क्षेत्र विकास समितिको प्रथम अध्यक्षको रुपमा स्व. साङ्गे लामालाइ चयन गरिएको थियो । उनि २०५४ साल माघ १४ गते देखि २०५९ साल असार ३१ गते सम्म समितिको अध्यक्षमा रहेर काम गरेका थिए । लामाको २०५९ साल असार ३१ गते स्वर्गारोहण भएको थियो ।
कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी निर्देशक शान्तीमाया तामाङले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथी प्रकाश पारेकी थिइन । उनले समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) ले पुर्याएको योगदानको कदर गर्दै उनको कार्यलय परिसरमा अर्धकदको शालिक स्थापना गरिएको जानकारी गराएकी थिइन।
राष्ट्रिय गान संगै शुरु भएको उक्त कार्यक्रमको समितिका वर्तमान अध्यक्ष राजकुमार लामाले छ्योमे बाली उद्घाटन गरेका थिए भने समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को बुहारी डोल्मा लामा र समितिका वर्तमान अध्यक्ष राजकुमार लामाले संयुक्त रुपमा शालिक अनावरण गरेका थिए ।
कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका पूर्व अध्यक्ष सम्पूर्ण कुमार लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामा समाजसेवी बिरेन्द्र लामा, समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) को छोरी नुर्बु लामा लगायतले शुभकामना मन्तब्य राख्दै संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू) ले निस्वार्थ रुपमा समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए । उनीहरुले निस्वार्थ रुपमा गरेको कामको मूल्यांकन समाजले ढिलो चांडो गर्ने बताएका थिए ।
कार्यक्रममा अध्यक्षताको आसन बाट बोल्दै श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले उपस्थित सबैलाई धन्यवाद दिएका थिए उनले समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)ले स्थापना गरेको श्री बौद्धनाथ क्षेत्र विकास समितिले धेरै उतारचढाव बीच आजको दिन सम्म आइपुगेको बताए । उनले स्व.अध्यक्ष साङ्गे लामा (भज्यू)ले समाज विकासको लागि दीर्घकालीन सोच राखेर उक्त समिति स्थापना गरेको बताए ।
उनले उक्त समिति स्थापना गर्दै गर्दा बिभिन्न बाधा अवरोधको सामना गर्नु परेको तितो अनुभव रहेको बताएका थिए । उनले समाजको लागि निस्वार्थ रुपमा गरेको कामको मूल्यांकन र कदर गर्दै समितिका संस्थापक अध्यक्ष स्व. साङ्गे लामा (भज्यू)को अर्धकदको शालिक कार्यलय परिसरमा स्थापना गरेको बताएका थिए ।
बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ महाचैत्यको संरक्षण सम्बर्धन प्रवर्दन गर्नुको साथै क्षेत्रमा विकास निर्माण, ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा संरक्षण गर्दै आएको भने युवा तथा महिलाहरुको शिप बिकासका साथै शिक्षा, स्वास्थ्य लगायत विभिन्न सामाजिक अभियानहरु र जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आइरहेको छ ।