बुढानिलकण्ठ-१२ ले खोला क्षेत्रका स्थानियहरु संग कागजात माग्यो,सात दिनको समय
कपन अनलाइन
काठमाण्डौ ,भाद्र ७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले यज्ञमति र चखुंचा खोला क्षेत्रमा पर्ने स्थानीयहरुलाई विभिन्न कागजात सहित सात दिन भित्र सम्पर्क गर्नका लागि अनुरोध गरेको छ।
वडा नं १२ को आरम्भ चोक हुदै तेन्जिङ चोक देखि फैका सम्म खोला र आरम्भ चोक -कपन चौकी-टेलिकम हुदै आनी गुम्बासम्म खोला क्षेत्रमा घर जग्गा रहेका वडावासीलाई घर निर्माण सम्पन्न इजाजत वा निर्माण सम्पन्नको कागजात सहित सम्पर्क गर्नका लागि वडाले सुचना जारी गर्दै अनुरोध गरेको छ।
वडा नं १२ की कार्यबाहक अध्यक्ष शान्ता ढकाल पुडासैनीले जारी गरेको सुचनामा स्थानीयहरुलाई जग्गा धनि प्रमाण पुर्जा (लाल पुर्जा ) को सक्कल प्रति सहित वडा कार्यालयमा सम्पर्क गर्नका लागि अनुरोध गरिएको छ ।
सुचना :
तपाइँको प्रतिक्रिया ।