मुलुकी फौजदारी कार्यविधि संहितामा रहेका मानव अधिकार विरोधी प्रावधान विरुद्ध धर्ना
पन अनलाइन
काठमाण्डौ ,साउन २२।
संसदमा प्रस्तुत मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ११६ ‘ क’ मा थप गरिएको संशोधन विधेयकमा केहि मानव अधिकार विरोधी प्रावधान रहेकाले त्यसको विरुद्धमा मानव अधिकार तथा शान्ति समाज काठमण्डौं शाखाले आयोजना गरिएको धर्ना कार्यक्रम साउन २१ गते बौद्धमा सम्पन्न भयो ।
शाखा सभापति भगवान पुडासैनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा ७० जना भन्दा ज्यादा व्यक्तिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संशोधन विधेयकका सन्दर्भमा शान्ति समाजको अवधारणा बारे केन्द्रिय सभापति रामकृष्ण बरालले धारणा राख्दै उत्त संशोधन विधेयक अविलम्ब फिर्ता लिन आग्रह गगरेका थिए । कार्यक्रमको संचालन जिल्ला सचिव सार्जन चापागाईले गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।