निसानले सामूहिक लोक नृत्य प्रतियोगिता तथा एसइइ -२०७९ सम्मान कार्यक्रम गर्ने
कपन अनलाइन
काठमाण्डौ ,साउन २२।
राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल(निसान) ले विगतका वर्ष झैँ यस पटक पनि अन्तर विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता र एस.इ. इ सम्मान – २०७९ कार्यक्रमको छैटौँ संस्करण गर्ने भएको छ ।
साउन २६ गते शुक्रवार जोरपाटी नारयणटार स्थित छिमेकी पाटी प्यालेसको हलमा हुन लागेको उक्त कार्यक्रममा सिन्धुपाल्चोक र काठमाडौँ जिल्लाका ४० वटाभन्दा बढी विद्यालयबाट सहभागीता जनाउने अनुमान गरिएको छ ।
करिव ५०० जना भन्दा बढी विद्यार्थीहरुले एउटै मञ्चमा आफ्नो प्रतिभा देखाउँन पाउने अवसर निसानले प्रदान गरेको कुरा निसानका अध्यक्ष श्री सौर्यनाथ आचार्यले बताए ।
कार्यक्रममा नृत्य तर्फ प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई नगद रु २०,०००, १५००० र १०,००० सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने थप ५ टिमलाई सान्त्वना पुरस्कार स्वरूप शिल्ड प्रदान गरिने सस्थाका महासचिव नवराज सापकोटाले बताएका छन ।
एस.इ.इ.-२०७९ सम्मान कार्यक्रम अन्तर्गत निसान सदस्य विद्यालयमध्ये एस.इ.इ.-२०७९ मा सामेल भएर ४ जि.पि.ए ल्याउने विद्यालय र विद्यार्थीलाई विशेष सम्मान गरिनुका साथै ओैसत जि.पि.ए.का आधारमा उत्कृष्ट रिजल्ट ल्याउन सफल तीन विद्यालय, हरेक विध्यालयबाट उत्कृस्ट जी पी ए ल्याउने विद्यार्थी तथा निसान सदस्य विद्यालयमध्ये एस.इ.इ.-२०७९ मा विषयगत उत्कृस्ट नतिजा ल्याउने शिक्षकलाई समेत सम्मान गरिने भएको छ।
निसानले विद्यार्थीहरुको सर्वाङ्गीण विकासका निमित्त विभिन्न समयमा उत्कृष्ट कार्यक्रम गर्दै आइरहेको र यस वर्ष उक्त कार्यक्रमका अवसरमा समाजमा शिक्षा क्षेत्रमा बिशेष योगदान पुर्याउनुहुने व्यक्तित्वहरु, सामाजिक बुक्तित्वहरु र सास्कृतिक क्षेत्रमा योगदान पुर्याउने सस्थालाई पनि सम्मान गरिने कार्यक्रमका संयोजक अर्जुन दाहालले जानकारी दिएका छन ।