एकै विद्यालयबाट सबैभन्दा धेरै जिपिए ४ ल्याउने विद्यालय बन्यो पुष्पलाल , तिन जनाको जिपिए ४

कपन  अनलाइन

काठमाण्डौ ,साउन २२।

बुढानीलकण्ठ नगरपालिका वडा  नं. १२ मा रहेको  पुष्पलाल मेमोरियल माध्यमिक विद्यालय शैक्षिक सत्र २०७९ को एसइइ परिक्षामा  मा ३ जनाले ४.० ल्याएपछि ल्याएका छन।

नियमित परिक्षामा दुई जना विद्यार्थीहरुले जिपिए ४ ल्याएको सो विद्यालयका अर्का एक छात्रले पुनर्योगमा जिपिए ४ ल्याए संगै पुष्पलाल   एउटै विद्यालयबाट सबैभन्दा धेरै ४ जीपीए ल्याउने विद्यालय बनेको छ।

एसइइको नतिजा प्रकाशन हुँदा पहिले नै दुईजना विद्यार्थी आर्जु अर्याल र सम्राट आचार्यले ४.० जि. पी. ए. प्राप्त गरेका थिए भने हालै गरिएको पुनर्योगबाट अविरल दाहालले पनि ४ जि. पी. ए. प्राप्त गरेपछि पुष्पलाल मेमोरियल माध्यमिक विद्यालय सबैभन्दा धेरै ४ जिपीए ल्याउने विद्यालय बनेको हो ।

पहिले नै ३.९५ जि. पी. ए. प्राप्त गरेका अविरल दाहालले अंग्रेजी विषयको प्राप्ताङ्कमा चित्त नबुझेर पुनर्योग गर्दा ४ जिपीए ल्याउन सफल भएको प्रिन्सिपल नारायण बाबु तिमल्सिनाले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।